logo
२०८१ असोज १३ आईतवार



बुटवल र बाँकेमा थप पाँच जनाको मृत्यु, मृतक अधिकांश दीर्घ रोग

फिचर |
स्वास्थ्य |


बुटवल र बाँकेमा थप पाँच जनाको मृत्यु, मृतक अधिकांश दीर्घ रोग



प्रदेश ५ ब्यूरो
बुटवल, असोज १५ गते । कोरोना संक्रमणबाट बुटवल, भैरहवा र बाँकेमा थप चार जनाको मृत्यु भएको छ । उहाँहरुको नेपालगञ्ज र बुटवलमा सञ्चालनमा रहेका कोरोना अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । अधिकांश मृतकहरुमा दीर्घ रोग रहेको अस्पतालहरुले जनाएका छन् ।
मृतक दुबै पुरुष बुटवल समाचारदाताका अनुसार बुटवलमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । बुटवल धागो कारखानाको कोरोना विशेष (अस्थायी) अस्पतालमा बुधबार राति बुटवल उपमहानगरपालिका वडा नंं. ८ सुख्खानगरका ८० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उहाँको बुधबार विहानमात्र अस्पतालमा भर्ना गरिएको थियो । त्यसैगरी, बुधबार साँझ मृत्यु भएका एक जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको कोटहीमाई गाँउपालिकाका ४२ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएकोमा बिहीबार उहाँको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । रुपन्देहीमा २६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

एकै दिन दुईको मृत्यु
बाँके समाचारदाताका अनुसार बाँकेमा बिहीबार एकैदिन दुईजना कोरोना सङ्क्रमितको निधन भएको छ । शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत बाँकेका एकजना र सुर्खेतका एकजना गरी दुईजनाको निधन भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ का ५२ वर्षीया पुरुषको बिहीबार विहान निधन भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार भदौ १२ गते कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत उहाँको दुबै फोक्सोमा निमोनिया देखिएको छ । यो सहित कोरोनाबाट बाँकेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । पछिल्लो एकसातायता यहाँ दैनिकजसो कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?