logo
२०८१ असोज १३ आईतवार



सङ्क्रमित २५ वर्षिया युवतीको भेरी अस्पतालमा निधन

फिचर |
स्वास्थ्य |


सङ्क्रमित २५ वर्षिया युवतीको भेरी अस्पतालमा निधन


गाेविन्द शर्मा 

बाँके, असोज १६ गते । भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा शुक्रबार एकजना २५ वर्षीया सङ्क्रमित युवतीको निधन भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार कैलालीको धनगढी नगरपालिका २ सन्तोषीटोल स्थायी घर भई नेपालगञ्ज उपमहानगरपालिका ९ बाँके गाउँमा विगत एकवर्षदेखि भाडामा बस्दै आउनुभएकी उहाँको शुक्रबार बेलुका निधन भएको हो ।

भदौ ३० गते कोरोना संक्रमण भएपछि उहाँ भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको थियो । उहाँलाई प्लाज्म थेरापीसँगै रोगको प्रकृति अनुसार सबै प्रकारको अन्य सहयोगी उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्रबार भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा उहाँको निधन भएको हो । कडाखालको कोभिड सङ्क्रमण देखिएकी उहाँको दुबैतर्फको फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ ।

मृतक युवती नेपालगञ्जस्थित निदान डायग्नोष्टिक सेन्टरमा कार्यरत रहनुभएको थियो । यो सहित बाँकेमा कोरोनाबाट निधन हुनेको सङ्ख्या १९ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?