logo
२०८१ असोज १३ आईतवार



बाँकेमा शनिबार एकैदिन ४२ जना संक्रमणमुक्त भएर घर फर्किए

फिचर |
स्वास्थ्य |


बाँकेमा शनिबार एकैदिन ४२ जना संक्रमणमुक्त भएर घर फर्किए
निको भएर घर फर्किंदै तस्बिर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, असोज १७ गते । बाँकेका विभिन्न आइसोलेसनबाट शनिबार ४२ जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किनुभएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिहीबार र शुक्रबार निको भएर घर फर्किने एक जना मात्र रहे पनि शनिबार एकैदिन ४२ जना संक्रमणमुक्त भएर घर जानुभएको हो ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहनुभएका र स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएका १९ जना महिला र २३ जना पुरुष गरेर ४२ जनालाई १४ दिनपछि सरकारको मापदण्ड बमोजिम घर पठाइएको बताउनुभयो ।

उहाँले हाल पनि विभिन्न आइसोलेसन सेन्टर अस्पतालमा चारसय जना संक्रमित उपचाररत रहेको बताउनुभयो । तीमध्ये २१ ज्नाको अवस्था गम्भीर छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार हालसम्म जिल्लामा एकहजार ९९३ जना संक्रमित भेटिएकोमा एकहजार ५८४ जना निको भएर घर फर्किसक्नुभएको छ भने १९ जनाको मृत्यु भएको छ ।

कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले बाँकेमा कोरोना संक्रमित निको हुने दर हाल आएर ८० प्रतिशत रहेको जनाउँदै विरामी मृत्युुदर ०.९५ प्रतिशत रहेको र रोगको प्रकोप दर ०.३३ प्रतिशत रहेको बताउनुभयो । हाल जिल्लाका तीन स्थानमा कोरोना परीक्षण गर्ने कार्य भैरहेकोले बढी परीक्षण हुनुका साथै संक्रमित देखिने क्रम पनि बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?