logo
२०८१ असोज १३ आईतवार



स्थायी राजधानी प्रस्तावपछिकाे तनाब मूल्याङ्कन गरी बुटवलका बिशेष स्थानमा निषेधित क्षेत्र घाेषणा

फिचर |
प्रदेश |


स्थायी राजधानी प्रस्तावपछिकाे तनाब मूल्याङ्कन गरी बुटवलका बिशेष स्थानमा निषेधित क्षेत्र घाेषणा


दीपक ज्ञवाली

बुटबल, असाेज १७ गते । प्रदेश ५ को स्थायी राजधानी दाङकाे भालुबाँङ बनाउन सरकारले पेश गरेको प्रस्ताव विरुद्ध विरोध बढेपछि बुटवलका विभिन्न्न ठाउलाई निशेधित क्षेत्र तोकिएको छ ।
त्यस्तो निषेधित क्षेत्र प्रदेश मन्त्रालय तथा प्रदेश सभाहरु भएका स्थानहरुमा केन्द्रित छन् ।
जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले प्रदेश सभाको कार्यालय रहेको इटाभट्टी आसपासको क्षेत्र, प्रदेश सरकारका मन्त्रालय भएका स्थान र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय आसपासका क्षेत्रलाई निशेधित क्षेत्र तोकेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार अर्थात भोलि असोज १८ गते बिहान ६ बजेदेखि २१ गते साझ साझ ६ बजेसम्म ५ जना भन्दा बढी जम्मा हुन र हिंडडुल गर्न नपाइने गरी निशेधित क्ष्ँेत्र तोकिएको बताउनुभयाे ।
प्रदेश सभा र प्रदेश मन्त्रालय आसपासका क्षेत्रमा विरोधमा उत्रने र तोडफोड गर्ने काम भएकाले सम्भावित घटना हुन नदिन क्षेत्रलाई निशेधित क्षेत्र तोकिएको प्रजिअ घिमिरेले बताउनुभयाे  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?