logo
२०८१ असोज १३ आईतवार



राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन

फिचर |
प्रदेश |


राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन


छबि पाण्डे
बुटवल, असोज १८ गते । प्रदेश ५ को राजधानी दाङको देउखुरी लैजाने प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएपछि त्यसको विरोधमा आईतवार बुटवलमा प्रदर्शन भएको छ ।
रुपन्देही जिल्लामा रहेका व्यावसायिक संघ संस्थाहरुको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा प्रदेश राजधानी सार्न पाईँदैन, बुटवलमा स्थायी राजधानी कायम गर जस्ता नारा लगाइएको थियो ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले एकपटक प्रदेशको राजधानी बुटवल कायम भैसकेकोले अव अन्यत्र लैजान पाइँदैन भन्नुभयो ।
उहाँले प्रदेशको अस्थायी राजधानी बुटवलमा भौतिक संरचना निर्माणमा स्थानीय व्यावसायिक संघ संस्थाले गरेको योगदानको स्मरण गर्न आग्रह गर्दै निजीक्षेत्रको योगदानलाई बेवास्ता नगर्न आग्रह गर्नुभयो ।
रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले प्रदेशको राजधानी स्थापना गर्दा भूगोललाई मात्रै नहेरी बहुसंख्यक जनताको हितलाई पनि ख्याल गर्न आग्रह गर्नुभयो ।
विरोध सभामा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, मणिमुकुन्द उद्यानका अध्यक्ष खेम लुईटेल लगायतले रुपन्देही राजधानी बहुसंख्यक जनताको हितमा रहेको र बुटवल राजधानी हुँदा यस क्षेत्रलाई मात्रै नभएर सबैलाई पायक पनि पर्ने भएकाले बुटवलको बिकल्प नभएको बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?