logo
२०८१ असोज १३ आईतवार



कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु

फिचर |
प्रदेश |


कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु



भरतपुर,असोज २० गते । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिनुभयो ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उहाँलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?