logo
२०८१ असोज १३ आईतवार



ट्रक दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाईते

फिचर |
प्रदेश |


ट्रक दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाईते



मुरारी अधिकारी
धादिङ, असोज २० गते । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ स्थित बेतिनीमा मंगलबार दिउँसो स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय बेगबहादुर तामाङ र दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभएको छ । दुबै जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेगबहादुर सोही ट्रकका चालक हुनुहुन्छ । मंगलबार विहान सामान लिएर नेत्रावती डबजोङ लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिव चार सय मिटर तल खसेर दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि धादिङ अस्पताल धादिङबेसी ल्याइएको थियो ।

सवारी धनी नेत्रावती डबजोङ २ का ५८ वर्षीय रामबहादुर तामाङलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?