logo
२०८१ असोज १३ आईतवार



भेरी अस्पतालमा माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु, मस्तिष्क क्यान्सर लगायतका उपचारमा सहज

फिचर |
स्वास्थ्य |


भेरी अस्पतालमा माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु, मस्तिष्क क्यान्सर लगायतका उपचारमा सहज


सिराज खान
नेपालगञ्ज, असोज २१ गते । स्वास्थ्य उपचारमा नेपालगञ्जस्थित भेरी अस्पतालले थप फड्को मारेको छ । सो अस्पतालमा पहिलो पटक माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु गरिएपछि अस्पतालले फड्को मारेको हो ।
अस्पतालमा एक करोड ४१ लाखभन्दा बढीको अपरेटिङ माइक्रोस्कोप जडानपछि मस्तिष्कका नसा फुलेर फुटेकोमा बाँध्ने, रगतका नसहरुको गुच्छाको गडबडी र मस्तिष्कको क्यान्सरको शल्यक्रियामा सहजता हुने अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले भेरीमा सो सेवा शुरु गरिएपछि बाँकेसहित दाङ, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशका नशासम्बन्धी समस्या भएका बिरामीहरुलाई उपचारका लागि भारतको लखनउ र काठमाडौं जाने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
उहाँले भेरी अस्पताल नेपालगञ्जमा न्यूरो सर्जन डा हरि पौडेल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा डा. जोशन न्यौपाने, मेडिकल कलेज कोहलपुरमा डा. नरेन्द्र बास्कोटा र सञ्जीव कुमार झा जस्ता प्रसिद्ध न्यूरोका चिकित्सकहरू र रहेकोले उपचारमा सहजता हुने बताउनुभयो ।
अपरेटिङ माइक्रोस्कोप जडान गरिएलगत्तै अस्पतालमा बर्दियाका दुईजना विरामीको अपरेटिङ माइक्रोस्कोपबाट सफल शल्यक्रिया गरिएको भेरी अस्पतालका न्यूरो सर्जन डा. हरि पौडेलले बताउनुभयो ।
नेपालगञ्जस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर र नेपालगञज शिक्षण अस्पताल लगायत अन्य निजी अस्पतालका सेवाहरु स्तरीय हुँदै गएपछि पश्चिम बाँके जिल्ला नेपालको स्वास्थ्य हब बन्दै गएको चिकित्सकहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?