logo
२०८१ असोज १३ आईतवार



बैतडीमा जिप दुर्घटना, १२ जना घाइते

फिचर |
पढ्नै पर्ने |


बैतडीमा जिप दुर्घटना, १२ जना घाइते


गोकर्ण दयाल
बैतडी, असोज २३ गते । बैतडीको पञ्चेश्वर गाँउपालिकामा जीप दुर्घटना परी १२ जना घाइते भएका छन् । घाइतेहरु उद्धारपछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।
शुक्रबार बिहान १०ः२० पञ्चेश्वर गाउँपालिका–४ आमचौराबाट कुलाउका लागि छुटेकोे से १ ज ८८८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । जीपमा गाउँपालिका कर्मचारीसहित १२ जना सवार थिए । घाईतेको अवस्था खतरामुक्त रहेको स्थानीय कुलाउ स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
डडेल्धुरा रेफर गरिएका घाइतेमा पञ्चेश्वर गाउँपालिका –४, आमचौरा बस्ने वर्ष ४५ का बलवीर सार्की (कान र खुट्टामा चोट) वर्ष ४० का मदन सार्की(मुखमा चोट) वर्ष २८ का प्रेम सार्की (टाउकोमा चोट) वर्ष ६२ का बहादुर राम सार्की ( हातमा चोट) वर्ष २६ का अर्जुन सार्की( आँखामा चोट) वर्ष ६६ का रामी राम सार्की (दुईटै खुट्टामा चोट) वर्ष २८ का राजेन्द्र सार्की(बाँया हात र कम्मरमा चोट) वर्ष २७ को राईजन राम सार्की( हात र आंखामा चोट) वर्ष ३१ को सुरेश राम सार्की(हात र कम्मरमा चोट) वर्ष २८ को सुरेश सार्की( कम्मरमा चोट) लोगेको प्रहरीले जानकारी दिएको छ ।
घाईतेहरूलाई घट्नास्थलबाट उद्धार गरी सबैको स्थानीय स्वास्थ्य चौकी आमचौरामा सामान्य उपचारपश्चात थप उपचारका लागि शुक्रबार १२ः०० बजे डडेल्धुरा अस्पताल रेफर गरेको प्रहरीले जानकारी दिएको छ । घाइते सबै खतरामुक्त रहेको स्थानीय स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
दुर्घटना भएको सडक गाउँपालिकाले एक वर्षअघि निर्माण गरेको थियो । ग्रामीण सडकमा यातायात सञ्चालन गर्ने कानुनी रुपमा अनुमति दिईएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?