logo
२०८१ असोज १३ आईतवार



सप्तरीमा दुई जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १९ पुग्यो

फिचर |
प्रदेश |


सप्तरीमा दुई जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १९ पुग्यो


धीरेन्द्रप्रसाद साह
राजविराज, असोज २३ गते । सप्तरीमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित मृतकको संख्या १९ पुगेको छ । जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर १ निवासी ३३ वर्षीय सव इन्जिनियरको काठमाडांैमा उपचारको क्रममा मृत्यु भएको रुपनी गाउँपालिका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिनुभयो । मुटु सम्बन्धी रोगबाट पीडित उहाँलाई सो समस्या देखिएपछि काठमाण्डौ मेडिकल काँलेज (केएमसी) मा भर्ना गरिएको थियोे । केएमसीमै कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उहाँको त्यही मृत्यु भएको स्वास्थ्य संयोजक यादवले बताउनुभयो ।
यस्तै राजविराजमा घरको आइसोलेसनमा रहेको कोरोना भाइरस संक्रमित एक बृद्धको बिहीबार मृत्यु भएको छ । डाकनेश्वरी नगरपालिका ४ का स्थायी घर भई राजविराज वार्ड नम्बर ६ सिरहारोड बस्दै आएका ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण राजविराज निवासमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो ।
गत २१ गते कोरोना रिपार्ट पोजेटिभ आएपछि घर आइसोलेसनमा बसेका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि १८ असोजमा उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।
कोरोना पोजेटिभ आएकै दिन बिहीबार राती स्वास्थ्यमा थप जटिल समस्या भएपछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको बृद्धको एम्बुलेन्समा राख्ने बित्तिकै मृत्यु भएको बताइएको छ ।
जिल्लामा हालसम्म एक हजार ३५६ जना संक्रमित मध्ये एक हजार १०३ जना निको भएर घर फर्किसकेको र २३५ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?