logo
२०८१ असोज १२ शनिवार



कोरोनाबाट काभ्रे र बाँकेमा तीन जनाको मृत्यु

फिचर |


कोरोनाबाट काभ्रे र बाँकेमा तीन जनाको मृत्यु


सिराज खान
नेपालगञ्ज, असोज २५ गते । बाँकेमा गएराति पाँच मिनेटको अन्तरालमा थप दुई जनाको मृत्यु भएको छ । शनिबार राति ९.५५ बजे नेपालगञ्ज १० का ८४ वर्षीय पुरुषको मृत्यु भएको थियो भने पाँच मिनेट बित्न नपाउँदै कोहलपुरकी ७१ वर्षीया महिलाको मृत्यु भएको थियोे ।
शनिबार राति १० बजे कोहलपुरकी ७१ वर्षीया महिलाको मृत्यु भएको थियो । स्वास्थ कार्यालयका अनुसार कोरोना सङ्क्रमण देखिएकी कोहलपुर-८ गोल्छा निवासी ७१ वर्षीया महिलाको मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेकाे सङ्ख्या २६ पुगेको छ । १४ गते स्वाबा सङ्कलन भएको उहाँको साेही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मृतकमा श्वासप्रश्वासको समस्या रहेको थियो ।
यससँगै शनिबार एकैदिन एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको थियो । शनिबार राति नै नेपालगञ्ज-१० का ८४ वर्षीय पुरुषको मृत्यु भएको थियोे । यसअघि शुक्रबार राति पनि दुईजना संक्रमितको मृत्यु भएको थियोे ।

यसैबीच बनेपा समाचारदाता केदार तिमिल्सिनाका अनुसार  काभ्रेको धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कोरोनाबाट धुलिखेल नगरपालिका- ११ बस्ने ५० वर्षका पुरुषको आइतबार बिहान मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । उहाँको आइतबार बिहान ६:२३ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक पुरुषमा क्रोनिक अल्कोहोलिक लिभर डिजिज देखिएको धुलिखेल अस्पतालले जनाएको छ ।  मृतक पुरुष धुलिखेल नगरपालिका-११ मा लामो समयदेखि जग्गाको रेखदेखको काम गर्दैआउनुभएकाे थियाे । उहाँमा ११ दिनअघि कोरोना देखिएकोले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । काभ्रेमा कोरोनाबाट हालसम्म पाँच पुरुष र चार महिला गरी नौ जनाको मृत्यु भएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?