logo
२०८१ असोज १२ शनिवार



मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने शाही सचेतक नियुक्त

फिचर |
प्रदेश |


मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने शाही सचेतक नियुक्त


ललित बसेल
सुर्खेत, असोज २७ गते । कर्णाली प्रदेशको नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने कुर्मराज शाहीलाई दलको सचेतकमा नियुक्त गर्नुभएको छ । मंगलवार संसदीय दल नेताको हैसियतले प्रदेशसभा सदस्य कुर्मराज शाहीलाई सचेतक पदमा नियुक्त गरिएको हो ।
यसअघि सचेतक रहनुभएकी सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिएपछि सचेतकमा शाहीलाई नियुक्त गरिएको हो । कुर्मराज शाहीले गत आइतवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएको थियो ।
प्रदेशसभा दलको विधानको दफा ८ बमोजिम पार्टी र दलको हितमा काम गर्न भन्दै कुर्मराज शाहीलाई सचेतक पदमा नियुक्त गरिएको नेकपा प्रदेशसभा दलले जनाएको छ । सोको जानकारी नेकपाको कर्णाली प्रदेश, केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ ।
यता मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराएपछि तत्कालीन प्रमुख सचेतक गुलाबजंग शाहले मंगलवार दिउँसो १ बजे दलको बैठक आव्हान गर्नुभएको थियो । त्यसलगत्तै मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट मुक्त गरी सचेतक सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको थियो । शाहले बोलाएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?