logo
२०८१ असोज १२ शनिवार



लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चाैधरीलाई कोरोना संक्रमण

फिचर |
प्रदेश |


लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चाैधरीलाई कोरोना संक्रमण


दीपक ज्ञवाली
बुटवल,कात्तिक १ गते । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गए रात िआएको स्वाव परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको मन्त्री चौधरीले बताउनुभयो । उहाँ सहित उहाँकी पत्नी, निजी सचिवालयका पिएसओ, ड्राइभर, र भान्सेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारदेखि निरन्तर रुघा लागेपछि उहाँले बिहीबार पिसीआर परिक्षण गराउनु भएको थियो । मन्त्री चौधरीका अनुसार अहिले उहाँको अवस्था सामान्य छ । अन्यमा भने कुनै लक्षण छैन । उहाँहरु सबै भैरहवास्थित मन्त्री निवासको आइसोलेसनमा रहेको मन्त्री चौधरीले बताउनुभयो ।
यसअघि आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा कोरोना संक्रमण देखिएको थियो । उपसभामुख कृष्णी थारु, प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपाने र लेखा समिति सभापति डिल्लीबहादुर चौधरीमा पनि कोरोना संक्रमण देखिएको छ । उहाहरु घरकै आइसोलेसनमा हुनुहुन्छ । यसअघि असोज १९ र २० गते प्रदेश सभा बैठक बसेको थियो । सो बैठकमा नाम र स्थायी राजधानीका बारेमा नाराबाजी समेत भएको थियो । त्यसयता मन्त्री, प्रदेश सभा सदस्य र कर्मचारीमा कोरोना संक्रमण देखिने क्रम बढेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?