logo
२०८१ असोज १२ शनिवार



कोरोना संक्रमणबाट ७३ वर्षीय वृद्धको मृत्यु

फिचर |


कोरोना संक्रमणबाट ७३ वर्षीय वृद्धको मृत्यु



केदार तिमल्सिना 
बनेपा, कात्र्तिक १ गते । काभ्रेको धुलिखेल अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । काभ्रेको पाँचखाल घर भई हाल बनेपामा बस्दै आएका ७३ वर्षीय वृद्धको कोरोनाका कारण शुक्रबार राति मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।

दमरोगबाट पीडित वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि असोज २७ गतेबाट उहाँलाई धुलिखेल अस्पताल राखेर उपचार गरिँदै थियो ।
मृतक वृद्धको लाश पोष्टमार्टमका लागि नेपाली सेनाको टोलीले पशुपति आर्यघाट लगेको अस्पतालले जनाएको छ ।

हालसम्म काभ्रेमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । जसमा आठ पुरुष र पाँच महिला छन् । शनिबार बिहानसम्म काभ्रेमा कोरोना संक्रमितको संख्या एक हजार २०५ छ । जसमा सक्रिय संक्रमितको संख्या पाँच सय ४० छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?