logo
२०८१ असोज १२ शनिवार



मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा   

फिचर |
प्रदेश |


मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा   
फाईल तस्विर


वाग्मती, कात्तिक ७ गते। कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको छ । 

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रिया गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौं लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यअवस्था सामान्य रहेको बताइएको छ । एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?