logo
२०८१ असोज १२ शनिवार



कोरोना महामारीले धकेलियो पेट्रोलियम अन्वेषणको काम

फिचर |


कोरोना महामारीले धकेलियो पेट्रोलियम अन्वेषणको काम


कमल शर्मा
दैलेख, कात्तिक १८ गते । दैलेखको श्रीस्थान नाभिसथान लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थ अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरूको सिस्मिक सर्भे सम्पन्न भएपश्चात् मुख्य ड्रिलिङका लागि असोज महिना लाग्दै सुरु गर्ने भनेको काम कोरोना महामारीका कारणले पछाडि धकेलिएको छ ।
अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि त्यसका वास्तविक अध्ययन पश्चात् पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम असोज महिनामा सुरु गर्ने खानी तथा भूगर्भ विभागको तयारी गरेपनी कोरोना महामारीका कारण काम स्थगित भएको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद डा गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाईनमा भएपश्चात मुख्य ड्रिलिङका लागि असोजमा गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको बताउनुभयो । उहाँले पहिलो चरणको काम हामीले आधा कोरोना महामारीका बिचमै ग-यौ यो बिचमा कोरोना महामारीको त्रिब संङक्रमणका कारण काम गर्ने सक्ने अवस्था नभएका कारण काम रोकिएको बताउनुभयो ।
उहाँले चाइनाको प्राविधिक टोलीले सिस्मिक सर्भे सम्पन्न गरी त्यसपश्चात् अन्वेषणात्मक ड्रिलिङ बाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार ,प्रकार आयतन,व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन भन्ने जानकारीका लागि मुख्य ड्रिलिङ गर्नुपर्ने उहाँको भनाई छ ।
जिल्लाको मुख्यतया दुल्लू नगरपालिका ,भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डाबिन्द्रासैनी नगरपालिका,डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भूभाग समेटेर दश वटा सिस्मिक लाइनमा जम्मा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो ।
चिनियाँ प्राविधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफूलाई गराएको जानकारी गराएको र जमिन मुनी पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतहीमा अन्बेषण्को अनुसन्धान बाट पनि देखिएको थियो । भुर्गभविद डा त्रिपाठीले भन्नुभयो सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्न सक्ने खालका चट्टान,पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाले दैलेखमा पेट्रोलियमको भण्डार हुनसक्ने बलियो सम्भावना भएको जानकारी दिनुभयो ।
अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे,म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरी महत्वपुर्ण मानिएको सेस्मिक सर्भे हो । यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनिको धेरै गहिराइसम्म पठाएर सतहमुनिका ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराइबाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गहरुको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने कार्यको शतप्रतिशत काम सम्पन्न भएको भए पनि कोरोना कारणले उक्त परियोजना पछाडि धकेलिएको जानकारी दिनुभयो ।
नेपाल सरकार खाती तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चाइना सरकारको जिओलोजिकल सर्वे कम्पनी बिच भएको सम्झौता भएको थियो । तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे र चाइनाको प्राविधिक टोलीले दैलेखको श्रीस्थानमा पुगेर औपचारिक उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान सभामा अविश्वास प्रस्ताव दर्ता गराएपछि सेलाएको पेट्रोलियम अन्वेषणकाे काम दोस्रो पटक पुन केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि सुरु भएको थियो । पूर्व उद्योगमन्त्री मातृका यादवलगायतको टोलीले पेट्रोलियम पदार्थको अन्बेष्णका लागि स्थलगत अवलोकन गरेपछि चाइनाका प्राविधिक टोलीले दैलेखको डुगेश्वर गाउँपालिका वडा १ मा र दुल्लु नगरपालिका दुल्लु अस्पतालमा बेस क्याम्प निर्माण गरी अन्वेषणको काम सुरु गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?