logo
२०८१ असोज १२ शनिवार



पाला बनाउनेलाई छैन धपेडी

फिचर |
पढ्नै पर्ने |


पाला बनाउनेलाई छैन धपेडी


यलु जोशी

भक्तपुर, कात्तिक २६ गते । भक्तपुरस्थित ‘पोटरी स्क्वायर’ नामले चर्चित ‘कुमाले टोल’मा माटाका भाँडा बनाउन भ्याइनभ्याइ हुन्थ्यो तर यस वर्ष यो टोल फुर्सदमा काम गरिरहेको छ । यसको मुख्य कारण हो– कोरोना महामारी । माग कम हुँदा भाँडा बनाउनेलाई
धपेडी पनि छैन ।
तिहारमा बाल्ने पाला (दियो)को माग घटेको कुमालेको गुनासो छ । सामान्य अवस्था भए यो बेला उनीहरूलाई बोल्नसमेत फुर्सद हुँदैनथ्यो तर अहिले सीमित सङ्ख्यामा मात्र बनाउने गरेको भक्तपुर दरबार स्क्वायरका राकेश प्रजापतिले बताउनुभयो ।
“गत वर्ष लाखौँको सङ्ख्यामा बनाएको पाला यस वर्ष २० देखि ३० हजार मात्र बनाउने छौँ । मानिस लिन नै आउँदैनन् र बनाइदिनु प¥यो भनेर पनि माग आएको छैन”, पहिले किराना पसल र होलसेलवालाले पनि माग गर्न आउने गरेको सम्झँदै उहाँले थप्नुभयो, “अहिले यहीँका बासिन्दाका लागि मात्र बिक्री गरिन्छ होला । ”
उहाँको पुख्र्यौली पेसा नै माटाका भाँडा बनाउने हो । यो काम सजिलो छैन भन्दै प्रजापतिले थप्नुभयो, “बस्ती बाक्लिएका कारण माटो सजिलै पाइन्न । कमाउने बेला भनेको तिहार हो तर यो वर्ष कोरोनाले सबै खाइदियो । ” यस्तै बुद्धिराम प्रजापतिले ४० वर्षदेखि माटाका भाँडा बनाउँदै आउनुभएको छ । तिहारका बेला त परिवारका सबै खट्नुपथ्र्यो । विगत सम्झँदै प्रजापतिले थप्नुभयो, “दिनमा दुई हजारदेखि २५ सय पाला बनाउने गरिन्थ्यो तर अहिले हजारभन्दा बढी बनाउन सक्दिनँ । माटोको काममा परिश्रम ज्यादा हुन्छ । पुख्र्यौली पेसा भएकाले त्यत्तिकै छोड्न सकिन्न । ” उहाँको परिवारका सबैले यही काम गर्छन् ।
तिहारको समयमा दैनिक पाँच हजार रुपियाँसम्म आम्दानी गर्नसक्ने बताउँदै पुरानो भण्डारण छ भने कमाइ बढी हुने उहाँले बताउनुभयो । खुद्रा तथा होलसेल दुवै ग्राहक भएको प्रस्ट पार्दै उहाँ भन्नुहुन्छ, “यहीँबाट आएको आम्दानीले घर चलाउने हो, तिहार मनाउने हो तर कोरोनाले यसपालिको व्यापार के हुन्छ थाहा छैन । ”
पहिला माटाका गाग्रा, घ्याम्पा लगायतका ठूला आकारका भाँडा किन्ने मान्छे आउँथे तर अचेल आउँदैनन् । प्लास्टिकका भाँडाले त्यसलाई विस्थापित गरिसक्यो । बोलाछेँ, थिमि, व्यासी, पोटरी स्क्वायरलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ ।
तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै बिक्री हुथ्यो तर अहिले पाला नै राम्ररी बिक्री भएको छैन सहदेव प्रजापतिले सुनाउनुभयो । तिहारमा लक्ष्मी भिœयाउन माटोको पाला नै बाल्नुपर्ने मान्यता रहेकाले स्थानीयवासीले मात्र अलि बढी खरिद गर्ने गरेको पाइन्छ ।
साधारणतया पाला चार प्रकारका हुन्छन् । सबैभन्दा सानो पालाको एक सयवटाको दुई सय रुपियाँ पर्छ । त्यस्तै त्योभन्दा ठूलाका प्रतिगोटा क्रमशः १०, १५ र २० रुपियाँ पर्छ । त्यस्तै कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेको र त्यसको तीनवटाको पाँच रुपियाँ पर्छ । उनीहरूले काँचो पालालाई चोखो मान्ने व्यवसायी बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?