logo
२०८१ असोज १२ शनिवार



कोरोनाबाट कोहलपुरकी ३२ वर्षीया महिलाको मृत्यु

फिचर |
पढ्नै पर्ने |


कोरोनाबाट कोहलपुरकी ३२ वर्षीया महिलाको मृत्यु


सिराज खान
नेपालगञ्ज, कात्तिक २७ गते । कोरोना संक्रमणका कारण बाँकेमा बिहीबार बिहान थप एकको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका अनुसार कोरोनाका कारण बिरामी भई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरकी ३२ वर्षीया महिलाको मृत्यु भएको हो ।

केन्द्रका अनुसार स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कात्तिक २५ गते अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा २६ गते स्वाब संकलन गरेको र सोहिदिन आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

उपचारका क्रममा उनको रोगको प्रकृति अनुसारको एन्टिबायोटिक, अक्सिजन, सिप्याप लगाएतका सबै प्रकारको आवश्यक सपोर्टिभ बिधिबाट उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

फोकल पर्सन श्रेष्ठका अनुसार यो सङ्गै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ३६ पुगेको छ भने अझै पनि ४१ जना गम्भीर अवस्थाका संक्रमितहरुको उपचार भेरी अस्पताल र मेडिकल कलेजमा भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?