logo
२०८१ असोज १२ शनिवार



दियो बेचेरै पक्की घर बनाउने दाजुभाइको सपना

फिचर |
पढ्नै पर्ने |


दियो बेचेरै पक्की घर बनाउने दाजुभाइको सपना


लक्ष्मण पौडेल
भैरहवा, कात्तिक २८ गते । तिहारको अवसरमा परम्परागत रुपमा बालिने दियो बत्ती अचेल लोप हुँदै गएको छ । दियोको स्थान विद्युतबाट सञ्चालन हुने झिलिमिली बत्तीले लिएपछि दियो बत्ती नै लोप हुने अवस्थामा पुगेको छ । तर रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नं. ७ छत्रपुराका सन्तोषकुमार प्रजापती र नगेन्द्रकुमार प्रजापतीले वर्षौदेखि अधुरो रहेको घर निर्माणको कामलाई दियो बेचेरै पूरा गर्ने सपना बुनेका छन् ।
दाजु सन्तोषले विद्यालयको पढाईसँगै खेतीपातीको काममा बुवाआमालाई सघाउँंदै फुर्सदको समयमा माटाका दियो बनाउने गर्नुहुन्छ । उहाँलाई भाई नगेन्द्रकुमार प्रजापतीले सघाइरहनुभएको छ ।
कक्षा १२ मा पढ्दै गर्नुभएका दाजु सन्तोषले गतवर्षको दीपावलीमा माटाको पाला बेचेर गरेको आम्दानीले गाउँमै ईट्टा लगाएर पक्की घर निर्माण सुरु गर्नुभएको थियो । यी दाजुभाईले अघिल्लो गतवर्षको दीपावलीमा तीन लाख रुपियाँका माटोका दियो विक्री गरेका थिए ।
यसवर्ष कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि साउनदेखि नै दियो बनाउन थालेका उनीहरुले साढे तीन लाख रुपियाँ भन्दा बढीका दियो तयार गरेका छन् । यसपटकको दीपावलीमा ती सबै दियो बिक्री गर्ने उनीहरुको योजना छ ।
उनीहरुले गतवर्ष सबै दियो बुटवल लगेर आफैले हाटबजारमा विक्री गरेका थिए ।  अहिले भने सोचे जस्तो हाटबजारबाट बिक्री भएन । तर पनि शनिबार दिपावली रहेकाले अन्तिमसम्म भएपनि बिक्री हुने उनीहरुको आशा छ ।
सन्तोष र नगेन्द्र प्रजापती मात्र होइन छत्रपुर गाउँमा सबैजसो घरपरिवारले माटोका भांँडा बनाउने गर्छन् । माटाका भाँडा बनाउने यहाँको परम्परागत पेशा हो । अहिले भने माटोका भाँडाहरुको स्थान प्लाष्टिक तथा धातुका भाँडाहरुले लिएपछि गमला र दियो मात्रै बनाउँछन् । कसैले विवाह तथा चाडपर्वको लागि अर्डर गरे भने गाग्री, घैंटा, हण्डी, भुड्की बनाउँछन् । स्थानीय श्रीराम कोहांरले पनि माटोका भाँडा बनाएर जीवन गुजार्दै आउनुभएको छ । खेतीपाती र भैंसीको स्याहारपछि फुर्सदको समयमा बनाएका माटोका भाँडाबाट उहाँले पनि वर्षमा डेढ दुईलाख आम्दानी गर्नुहुन्छ ।
घरको खेतीपाती गर्दै थोरै मेहनतले माटोका भाँडाबाट राम्रो आम्दानी हुने भएपनि माटो ल्याउन भने टाढा जानुपर्ने स्थानीयको भनाइ छ । आफूहरुले परम्परागत सिपबाटै काम गर्दै आएपनि यसलाई आधुनिकतामा बदल्न सके अझै राम्रो आम्दानी गर्न सकिने कहाँरले बताउनुभयो । बुटवल, भैरहवा जस्ता बजारमा मट्का चिया, दही, आईसक्रिम जस्ता परिकारको प्रचलन बढेकोले त्यहाँसम्म पहुँच पु¥याउन सके युवाहरु पनि यही पेशामा टिकिरहन सक्ने स्थानीय सन्दिप गुप्ताले बताउनुभयो ।
तर गाउँपालिकाले भने यस्ता पुख्र्यौली पेशालाई आधुनिक बनाउन र व्यवसायीकरण गर्न खासै सहयोग नगरेको उनीहरुको गुनासो छ । आफुहरु गाउँघरमै बसेर उद्यम गर्न खोजेपनि गाउंाँलिकाबाट कुनै सहयोग नपाइएको सगुप्ताले बताउनुभयो । “पुख्र्यौली पेशालाई हामीले उद्योगको रुपमा विकास गर्न खोजेका छौं, हरेकवर्ष माटोका दियोको लागि पनि लाखौं रुपियाँ भारत जान्छ त्यसलाई रोक्न चाहन्छौं”–उहाँले भन्नुभयो । गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले माटोका भाँडा बनाउने समुदायबाट अहिलेसम्म सहयोगको माग नआएकोले कुनै सहयोग नगरिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?