logo
२०८१ असोज ११ शुक्रवार



भुजुङ पर्यटकका लागि खुला

फिचर |
पर्यटन |


भुजुङ पर्यटकका लागि खुला


 

लमजुङ समाचारदाता

लमजुङ, मङ्सिर ६ गते । लमजुङको पर्यटकीय गाउँ भुजुङ आठ महिनापछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला भएको छ ।
क्व्होँलासोंथर गाउँपालिका–४ मा पर्ने भुजुङ गाउँ कोरोना भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी भएदेखि पर्यटकका लागि बन्द रहेको थियो । पर्यटक प्रवेशमा रोक लगाएको लामो समय भएको र यसले आर्थिक गतिविधि शून्य भएकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै पर्यटकका लागि खुला गरिएको वडाध्यक्ष खिमबहादुर गुरुङले बताउनुभयो ।
वडाध्यक्ष गुरुङको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्डसहित आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो ।
पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार स्थानीयले अनिवार्य मास्क लगाउनुपर्ने छ । गाउँ प्रवेश गर्ने पर्यटकले वरपरको वातावरणलाई नकारात्मक असर पर्ने खालका क्रियाकलाप गर्न नपाइने र गरेको पाइएमा होमस्टे व्यवसायी जवाफदेही हुने निर्णय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?