logo
२०८१ असोज ११ शुक्रवार



बिजुली माग्दै जुम्लावासी: दियालो बालेर ध्यानाकर्षण गराए

फिचर |
पढ्नै पर्ने |


बिजुली माग्दै जुम्लावासी: दियालो बालेर ध्यानाकर्षण गराए


नेत्र शाही
जुम्ला, खलङ्गा मंसिर २२ गते । सदरमुकाम खलंगामा नियमित बिजुली आपूर्ति नहुँदा स्थानीयले दियालो बालेर राज्यको ध्यानाकर्षण गराएका छन् । चन्दननाथ नगरपालिका तथा सदरमुकाम खलंगामा वर्ष दिनसम्म पटक पटक मेसिन बिग्रेर बिजुली आपूर्ति नभएकाले दियालो बालेर विरोध गरेका हुन् ।
करिब आधा महिनादेखि भारती कम्पनीका मेशिनहरु बिग्रेर जुम्ला अँध्यारो भएपछि स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले सरकारले जनतालाई ठगेको भन्दै आन्दोलन गरेका हुन् ।
वि.सं २०४० सालमा घुघुत्तिमा उत्पादित विद्युत गृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको दुइ करोड ६३ लाख रुपियाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो । मेसिन फेरिए पनि नक्कली मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नुपरेको र नक्कली मेसिन सावित भएका स्थानीयले बताएका छन् । मेशिन फेरिएपछि ५,६ पटक बिग्रिसकेको हुँदा मेसिनको खराबी भएको हो ।
विद्युत् प्राधिकरणको लापरबाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेका नागरिक अगुवा तथा विद्युत् तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति संयोजक राजबहादुर महतले बताउनुभयो । ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ उहाँले भन्नुभयो, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता छ,’ । जुम्लामा विधुत र टेलिफोन सेवा प्रभावकारी नभएपछि विद्युत् तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति समेत गठन गरी नागरिक आन्दोलित भएका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष महतले तत्कालीन जेनेरेटरबाट विद्युत् आपूर्ति गर्नुपर्ने, राष्ट्रिय प्रसारण लाइन ६ महिनाभित्र जडान गरी स्थायी रुपमा विद्युत् आपूर्ति गर्नुपर्ने बताउनुभयो । समितिले पहिलो दिन दियालोबाट ध्यानाकर्षण गराएको छ भने दोस्रो चरणका कार्यक्रमहरु ईलेक्टो«निक सामानहरु विधुत प्राधिकरणलाई हस्तान्तरण गर्ने रहेको छ ।
जुम्लाको विधुत संचालनको जिम्मेवारी विधुत प्राधिकरणले लिइसकेको छ । तर पनी अध्यारोमा बस्नुपर्ने वाध्यता भएपछि स्थानीय सरोकारवाला निकायले विधत नवाल्ने भए कार्यालय छोडेर फर्किन चेतावनी दिएका छन् ।
नेपाल विधुत प्राधिकरण वितरण जुम्लाले भने राष्ट्रिय प्रसारण लाईनको पहल भइरहेको बताएको छ । तत्कालीन समयमा भने डिजेलबाट बिजुली बाल्ने भनिए पनि अनियमित भएको छ । विजुली अनियमित भएपछि स्थानीय पत्रपत्रिका वन्द हुनुका साथै सरकारी कामकाजमा समेत प्रभावित भएको छ । यता उद्योग व्यवसायहरु पनि बन्द भएका छन् । नयाँ मेशिन निर्माण कार्य जिम्मा निर्माण व्यवसायी भारतका पुस्करलाल दुवैले लिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?