logo
२०८१ असोज ११ शुक्रवार



बम काण्डमा फरार पूर्वमन्त्री आफ्ताव आलमका भाइ पक्राउ

फिचर |
पढ्नै पर्ने |


बम काण्डमा फरार पूर्वमन्त्री आफ्ताव आलमका भाइ पक्राउ


कृष्ण तिवारी
गरुडा, मंसिर २२ गते । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम पक्राउ परेका छन् । महताव आलमलाई प्रहरीले भारतको मोतिहारीबाट पक्राउ गरेको हो ।
भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउने कार्य भइरहेको उच्च स्रोतले जानकारी दिएको छ । उनलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ ।
२०६४ चैत २७ गते पूर्वमन्त्री आलमको आफनै गाउँ रौतहटको राजपुरमा भएको बम विष्फोटको घट्नामा महताव फरार रहँदै आएको थियो । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव आलम यसअघि नै पक्राउ परी पुर्पक्षका लागी अहिले नख्खु कारागारमा  छन । रौतहट प्रहरीले आफ्तावलाई २०७६ असोज २७ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरसहित १२ जनालाई आफ्तावसहित उनका दाजुभाइको समूहले इँट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?