logo
२०८१ असोज ११ शुक्रवार



धादिङ अस्पतालमा तिम्ल्याहा शिशुको जन्म

फिचर |
पढ्नै पर्ने |


धादिङ अस्पतालमा तिम्ल्याहा शिशुको जन्म


मुरारी अधिकारी
धादिङ, मंसिर २५ गते । धादिङ अस्पतालमा एक महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिनुभएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ की ३७ वर्षीया महिलाले तीन छोरीलाई जन्म दिनुभएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । २५ सय, १८ सय र १५ सय ग्रामका तिम्ल्याहा छोरीलाई जन्म दिइएको सूचना अधिकारी विकले जानकारी दिनुभयो । महिलाको शल्यक्रियाद्वारा बच्चा जन्माइएको थियो । शिशुहरुको स्वास्थ्य अवस्था सामान्य  छ । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश आचार्य, डा.सबिन भण्डारी, स्वास्थ्यकर्मी लेखबहादुर श्रेष्ठ, स्टाफ नर्सहरु बिमला तिमिल्सिना महरा, एस्तर तामाङ, सरस्वती मल्ल लगायतको समूहले शल्यक्रियामा सहयोग गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?