logo
२०८१ असोज ११ शुक्रवार



आठ महिनापछि खुल्यो चिडियाखाना (फोटो फिचर सहित)

फिचर |
पढ्नै पर्ने |


आठ महिनापछि खुल्यो चिडियाखाना (फोटो फिचर सहित)
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


 

काठमाडौँ, मङ्सिर २५ गते । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरिएको जानकारी दिनुभयो । सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता नियम छन् ।

तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?