logo
२०८१ असोज ११ शुक्रवार



वैदेशिक रोजगारीमा ठगी, प्रमाण जुटाउनै कठिन

फिचर |
पढ्नै पर्ने |


वैदेशिक रोजगारीमा ठगी, प्रमाण जुटाउनै कठिन
सांकेतिक तस्बिर


नवीन शिशिर विक
बागलुङ, पुस ३ गते । स्वदेशमा रोजागरको अवसर प्राप्त नभएपछि काठेखोला गाउँपालिका–२ का शंकर सुनारले वैदेशिक रोजगारमा जाने सोच बनाउनुभयो ।
विदेश जाने सोच बनाउनु र सामाजिक संजाल फेसबुकमा साउदीमा आकर्षक तलबसहितको सूचना फेला पर्नु एकैपटक जस्तो भयो ।
सामाजिक संजालमा पोष्ट गरिएको सूचनाको आधारमा उहाँले त्यहाँ उपलब्ध ह्वाट्सअफ नम्बरमा सम्पर्क गर्नुभयो । एजेन्टले पनि साउदीको क्लिनर कम्पनीमा काम र मासिक ५० हजार बढी कमाई हुने बताए पछि सुनारले विदेश जाने निर्णय गर्नुभयो ।
करिव करिब एक महिना जस्तो सामाजिक संजालमार्फत कुराकानी भयो । एजेन्टले भने अनुसार सुनारले वैदेशिक रोजगारको लागी आवश्यक पर्ने कागजात तयार गर्नुभयो । प्रक्रियाको लागि भन्दै पहिलो पटक २० हजार रुपियाँ आइएमईमार्फत पठाउनुभयो ।
काम छिटो हुने भन्दै फेरि पूरै एक लाख ४० हजार रुपियाँ पठाउन भनेपछि सुनारले ऋण खोजेरै उक्त रकम पठाउनुभयो । विदेश जाने निर्णय, कागजात तयार र रकम पढाउने समयसम्म पनि जाने र लानेबीच एक पटक पनि भेट भएन् । केबल ह्वाटसअफ बाहेक अन्य सम्पर्क र चिनजान केही भएन् ।
रकम पठाएको तीन महिनापछि भिसा आएको, श्रम स्वीकृति र अभिमुखीकरण कार्यक्रममा सहभागी भएको प्रमाणपत्र पैसा दिएर निकाल्ने जस्ता सजिलो प्रक्रिया बताएपछि सुनार घरबाट विदाई भएर काठमाण्डौ जानुभयो । काठमाण्डौ गएको एक हप्ता वितिसक्दा पनि उहाँ विदेश जान पाउनुभएन । उल्टै एजेन्ट सम्पर्कविहीन ।
आफु ठगीमा परेको थाहा पाएपछि रकम पैसा फिर्ताको लागी कोशिस गर्दा पठाएको बैंक एकाउन्ट पनि सम्बन्धित एजेन्टको नभएर हार्डवेयर पसलको र स्वयम व्यक्तिसमेत नेपाल नभएको पुष्टि भयो । ऋण खोजेर एजेन्टलाई रकम बुझाएको रकम फिर्ताको लागि उहाँलाई कानुनी जटिलता त्यति बेला भयो जति बेला आवश्यक कागजात साथमा भएन ।
न त एजेन्टको व्यक्तिगत विवरण, न त वैदेशिक रोजगारको लागि रकम बुझाएको खुल्ने कुनै लिखित प्रमाण । प्रमाण अभावकै कारण उहाँले न्यायको लागि अपिल गर्न समेत कठिन भयो । सुनार मात्रा हाेइने बानपा–५ का दिलबहादुर किसानको पीडा पनि उस्तै छ । फेसबुकमा चिनजान गरेको व्यक्तिले कतार लैजाने र त्यसको लागि ८० हजार रुपियाँ आवश्यक पर्ने बताए पछि उहाँले रकम उपलब्ध गराउनुभयो ।
रकम बुझाएपछि एजेन्ट सम्पर्कविहीन । न साथमा पैसा , न विदेश । कानुनी उपचारको लागि आवश्यक प्रमाणको अभाव भएपछि गाउँमा ज्याला मजदुरी गरेर विदेश जान खोजेको ऋण तिर्न बाध्य हुनुभएको छ । ठगीमा परेपछि न्यायको लागि खोज्दै जिल्ला प्रशासन बागलुङ पुग्नुभयो तर आवश्यक प्रमाणसहित निवेदन पेस गर्न आग्रह गरेपछि उहाँ अलमलमा पर्नुभयो । प्रमाण अभावले न्यायिक प्रक्रिया बन्द गरेर मजदुरीमा लाग्नुपर्ने बाध्यता भयो ।
पछिल्लो समय सामाजिक संजालमा आकर्षक गन्तव्यमा राम्रो कमाइ हुने नक्कली विज्ञापन राखेर प्रचार गर्ने र बेरोजगारीको पीडाले पिल्सीएका युवाहरु प्रचारको विश्वासमा लागेर ठगीमा पर्ने गरेका छन् । सुरक्षित आप्रवासन परियोजना बागलुङका संयोजक मिनप्रसाद उपाध्यायका अनुसार विश्वासका आधारमा रकम बुझाउने, एजेन्टको व्यक्तिगत विवरण जानकारी नलिने र कानुनी उपचारको लागि आवश्यक प्रमाण जुटन काजगपत्र नहुँदा कठिन हुने गरेको छ ।
‘आप्रवासी स्रोत केन्द्रमा दैनिक जसो ठगीका गुनासा आउने गरेका छन’ उहाँले भन्नुभयो–‘कानुनी प्रक्रियाको लागि कुनै पनि प्रमाण नहुँदा मुद्दा अगाडी बढाउन कठिन हुने गरेको छ ।’ वैदेशिक रोजगारीमा युवाहरु छिमेकी तथा आफन्तबाटै ठगीएको उहाँले बताउनुभयो ।
ठगीमा परेको उजुरी गर्न कम्तीमा पनि वैदेशिक रोजगार प्रयोजनको रकम उपलब्ध गराएको प्रमाण खुल्ने बंैक भौचर, एसएमएस वा तमसुक जस्ता प्रमाण आवश्यक हुने पीपल फोरमका संयोजक अधिवक्ता सुदीपक देवकोटाको भनाई छ । पिपल फोरमले वैदेशिक रोजगारीसँग सम्बन्धीत समस्याको बारेमा न्यायको पहुँचको लागि काम गर्दै आएको छ ।
‘अधिकांस ठगीका घटनामा प्रमाण जुटाउन मुस्किल हुन्छ’ उहाँले भन्नुभयो–‘थेरै एजेन्टलाई पैसा दिने बेला सावधानी अपनाउने हो भने न्यायको ढोकामा पुग्न समस्या हुने थिएन । बैंकमार्फत रकम उपलब्ध गराए पनि त्यसको प्रयोग नखुल्दा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?