logo
२०८१ असोज ११ शुक्रवार



अध्यक्ष प्रचण्ड र नेपालसँग चिनियाँ टोलीको भेट

फिचर |


अध्यक्ष प्रचण्ड र नेपालसँग चिनियाँ टोलीको भेट


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते । नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ एचौसहितको टोलीले सोमबार बिहान छुट्टाछुट्टै भेट गरेको छ । सो टोलीले अध्यक्ष प्रचण्डलाई खुमलटारमा गएर भेटवार्ता गरेको थियो भने नेपाललाई नयाँ बानेश्वरमा भेट गरेको हो ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्ष प्रचण्डसँग चिनियाँ टोलीले समसामयिक नेपाली राजनीतिको विषय तथा दुई देशबीचको सम्बन्धका विषयमा परामर्श भएको हो । करिब एक घण्टा भएको भेटमा अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विषयमा आफू र आफ्नो पार्टी सदैव सचेत रहने बताउनुभएको थियो ।
चिनियाँ टोलीले नेकपाभित्रको फुट र समाधानका विषयमा चासो राखेको बुझिएको छ । बिहान साढे नौ बजे चिनियाँ टोलीका सदस्य प्रचण्ड निवास खुमलटार पुगेको थियो ।
सोहीअनुसार नेता नेपालसँग चिनियाँ टोलीको प्रतिनिधिमण्डलले बिहान ११ बजे नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा करिब एक घण्टा छलफल गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । भेटमा चिनियाँ टोलीले वर्तमान नेपाली राजनीतिको विषयमा चासो राखेको बताइएको छ ।
चार सदस्यीय चीनियाँ टोलीका प्रतिनिधिले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?