logo
२०८१ असोज १० बिहीवार



विद्युत् चुहावट नियन्त्रण टोली सक्रिय, दर्जनौँ विद्युतीय सामग्री बरामद

फिचर |
पढ्नै पर्ने |


विद्युत् चुहावट नियन्त्रण टोली सक्रिय, दर्जनौँ विद्युतीय सामग्री बरामद


धीरेन्द्रप्रसाद साह
राजविराज, पुस १५ गते । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण गर्न सक्रियता बढाइएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जारी गरिएको लकडाउन तथा निषेधाज्ञा हटेपछि वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रणलाई तीब्रता दिएका हुन ।
कोरोना भाइरस संक्रमणको महामारीमा पोलमा हुकिङ् गरी चोरेर विद्युत प्रयोग गर्ने अत्यधिक बढेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत् चुहावट नियन्त्रण संयुक्त टोलीले पोलमा सिधैँ हुकिङ् गरेर प्रयोग गरिरहेको विभिन्न बिद्युतीय सामग्रीहरु बरामद गरेको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्रका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले विद्युत् पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा ती विद्युतीय सामग्रीहरु बरामद गरेको वितरण केन्द्र राजविराजका प्रमुख इन्जिनियर अमोदकुमार यादवले जानकारी दिनुभयो । हुकिङ् गरी विद्युतीय उपकरण प्रयोग गरिरहेको बेला टोलीलाई देखेर भागेको घरबाट फ्रिज, पानी तान्ने मोटर, पंखा, टिभी, रेफ्रिजेरेटर, मिटर, कटर मेसिन लगायतका दर्जनौ विद्युतीय उपकरण बरामद गरी सोको मूल्याकंन आधारमा जरिवाना तिराएर फिर्ता गरिएको उहाँले बताउनुभयो ।
विद्युत् चुहावट नियन्त्रण टोली दिवा र रात्रीमा खटिने गरेको छ । खासगरी गहुँबाली, तरकारी बालीमा सिंचाइ गर्न सिधै हुकिङ्ग गरेर मोटरबाट पानी तान्ने गरेको संख्या सबभन्दा बढी रहेको उहाँले बताउनुभयो । खेतीपाती, तरकारी खेतीको लागि माग भए अनुसारको कृषि क्षेत्रमा विद्युतीकरण गरिएको केन्द्रका प्रमुख यादवले भन्नुभयो, तर, विद्युत् मिटर लिन आउँदैन, सिधै हुकिङ्ग गरेर सिंचाइ गरिन्छ ।
सप्तरीमा राजविराज, कञ्चनपुर र बोदेबरसाइन गरी तीन वटा वितरण केन्द्रहरु छन । राजविराज वितरण केन्द्र अन्तर्गत राजविराज, रुपनी, हनुमाननगरका गरी एक लाखभन्दा बढी विद्युत् ग्राहकहरु छन । हाल राजविराज वितरण केन्द्र अन्तर्गत ७० हजारभन्दा बढी ग्राहक छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?