logo
२०८१ असोज १० बिहीवार



हुम्लामा हिमपात : हवाई सेवा प्रभावित

फिचर |
पढ्नै पर्ने |


हुम्लामा हिमपात : हवाई सेवा प्रभावित


राजन रावत

हुम्ला, पुस २० गते । यातायातको एक मात्र साधन हवाई यातायात बन्द हुँदा यात्रु मर्कामा परेका छन् । आइतबारबाट लगातार भई रहेको हिमपातको कारण हवाई सेवा बन्द भएको हो ।
हुम्लामा भारी हिमपात जारी रहेको कारण हवाई यातयात बन्द भएको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताउनुभयो ।

आइतबार बिहानबाट जिल्लाको मौसममा फेरबदल भएसँगै हिमपात सुरु हुँदा सोमबार कुनै पनि उडान नभएको उहाँले बताउनुभयो । विमानस्थल हिउँ जमेर सेताम्मे भएपछि हवाई यातायात सुचारु नभएको हो । विमान स्थलमा आधा फिटभन्दा बढी हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी रहेको कारण कति दिन सवाई सेवा बन्द हुने हो भन्न नसकिने अवस्था छ ।

बिहान सात बजे विमानस्थलमा बिमानहरु अबतरण गर्ने गर्थे । सीता, समिट र तारा एयरका जहाजहरुले दैनिक पन्द्र वटासम्म उडान नेपालगंज र सुर्खेतबाट भर्ने गर्थे तर सोमवार एउटा पनि उडान हुन सकेन । यसबाट दुबैतर्फका यात्रु रोकिनुभएको छ भने ढुवानी अनुदानको खाद्यान्न र कार्गोको सामान पनि ढुवानी हुन सकेन । हिमपातकै कारण आइतबार सिमकोट विमानस्थलमा खाद्यान्न र कार्गो सामान ढुवानी गरेर फिर्ता हुनुपर्ने तारा एयरका दुई वटा ट्वीनीटर विमान पनि थन्किएका छन् । ती जहाजहरुलाई पालले छाेपेर राखिएको छ ।

यसैबीच कर्णाली प्रदेशकै अर्को जिल्ला मुगुमा पनि सोमबार कुनै पनि उडान हुन नसकेको कार्गाे व्यवसायी होमराज भामले बताउनुभयो । हिमपातले ताल्चा विमानस्थल सेताम्मे भएपछि कुनै उडान हुन नसको उहाँले बताउनुभयो । ताल्चामा पनि सीता, तारा र समिट एयरलाइन्सले उडान भर्ने गर्थे । हवाई सेवा बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?