logo
२०८१ असोज ९ बुधवार



भेरीमा बस खस्यो, एकको मृत्यु, एक वेपत्ता

फिचर |
प्रदेश |


भेरीमा बस खस्यो, एकको मृत्यु, एक वेपत्ता
तस्विरः मनु हमाल


मनु हमाल
सुर्खेत, पुस २३ गते । भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ । छिन्चु जाजरकोट सडक खण्डमा पर्ने गुर्भाकोट नगरपालिका वडा नं ९ भुल्केमा ५ छ ७७५० नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बस सडकबाट सात सय मिटर तल भेरीमा खसेको जानकारी दिनुभयो ।

दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । उहाँका अनुसार बसमा चालक, सहचालक र एक जना यात्रु मात्र रहेका थिए । बस दाङबाट आएको भन्ने बुझिए पनि कहाँ जादै थियो भन्ने नखुलेको उहाँले बताउनुभयो । बस कसरी दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?