logo
२०८१ असोज ९ बुधवार



१३० किलोग्राम गाँजासहित आठ जना भरिया पक्राउ

फिचर |
पढ्नै पर्ने |


१३० किलोग्राम गाँजासहित आठ जना भरिया पक्राउ


शिवकुमार काशी
हेटौँडा, पुस २४ गते । मकवानपुर प्रहरीले १३० किलोग्राम गाँजासहित गाँजा ओसारपसारमा संलग्न ८ जना भरियालाई पक्राउ गरेको छ । दुई स्थानबाट गाँजा र गाँजा ओसारपसारमा संलग्न मानिसहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ४ बजे मनहरी गाउँपालिका वडा नं ८ सिमपानीबाट ४४ किलोग्राम गाँजासहित ८ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक विनोद श्रेष्ठले बताउनुभयो ।

सडक किनारमा लुकिछिपी बसेर गाँजा लोड गर्ने तयारी गरिरहेका राक्सिराङ गाउँपालिका वडा नं २ का २२ वर्षीय सुजन प्रजा, सोही स्थानका २५ वर्षीय दीपक लामा, ५२ वर्षीया कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ, ३१ वर्षीय रतन सिन्तान, ३६ वर्षीय उदाश ब्लोन, २५ वर्षीय प्रेम मोक्तान छन् । त्यसैगरी कैलाश गाउँपालिका वडा नं ४ बस्ने ३४ वर्षीय सीताराम स्याङ्तानलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्लाष्टिकले बेरेर ढिक्का बनाइएको अवस्थामा ४ वटा पोकामा रहेको ४४ किलोग्राम गाँजा बरामद गरिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं ६ रुपाचुरी जंगलमा गाँजा ओसा पसार भइरहेको भन्ने सुराकीको आधारमा ८६ किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरी टोली देखेपछि उनीहरुले गाँजा छाडेर भागेका थिए । दुबै घटनामा संलग्नहरुको खोजी र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?