logo
२०८१ असोज ९ बुधवार



ग्याँस उद्योगको ट्याङ्की विस्फोट हुँदा तीन जना कामदार घाइते

फिचर |
पढ्नै पर्ने |


ग्याँस उद्योगको ट्याङ्की विस्फोट हुँदा तीन जना कामदार घाइते
तस्बिर सौजन्यः योगेन्द्र तिमल्सिना


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २४ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ भैसिपाटीमा रहेको गौरीशंकर ग्याँस उद्योग(हिमाल) को भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याङ्की लिकेज भएर विस्फोट हुँदा तीन जना कामदार घाइते भएका छन् ।

शुक्रबार कम्पनीमा काम गरिरहेको समयमा ग्याँस लिकेज हुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

घाइतेमध्ये गम्भीर बनेपा–१३ का ५५ वर्षीय लोकबहादुर खड्काको शीर मेमोरियल अस्पताल बनेपामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बर्न अस्पताल कीर्तिपुर रिफर गरिएको छ ।

विस्फोटमा बनेपा–१३ भैसिपाटीका ७० वर्षीया साइला भुजेल र सोही ठेगानाका ४२ वर्षका कुमार भुजेल घाइते भएका छन् । उनीहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको तिमल्सिनाले बताउनुभयो । के कारणले विस्फोट भएको त्यसको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?