logo
२०८१ असोज ९ बुधवार



हुम्लामा हिमपातले चौरी चरन ढाक्याे, चाैंरीपालक समस्यामा

फिचर |
प्रदेश |


हुम्लामा हिमपातले चौरी चरन ढाक्याे, चाैंरीपालक समस्यामा
तस्बिरः राजन रावत


राजन रावत

हुम्ला पुस २५ गते । पछिल्लो हिमपात पछि हिमाली जिल्ला हुम्लामा चौरी पालन ब्यवसाय संकटमा पर्ने देखिएको छ ।  चौरी गाई चर्ने क्षेत्र हिमपात सेताम्मे हुँदा चर्न समस्या हुने भएपछि चौरी पाल्न कठिन हुन थालेको हो । चौतीस वटा चौरी गाई भएका सिमकोट गाउँपालिका वडा नम्बर ५ तल्लो गाउँका धनसुर कामीले हिमपातपछि चरनको समस्या भएको बताउनुभयो ।

अग्ला पाटनमा चर्ने चौरी गाई केही तल्ला पाटनहरु झरे पनि जमिन हिमपातले सेताम्मे हुँदा चर्न समस्या भएको हो । जमिनामा चौरी गाई चर्न नपाउने भएपछि घरमा काटेर मौज्दात राखिएको घाँस दिनु परेको र लामो समय हिमपात भई रहेको पाल्न कठिन हुने कामीले बताउनुभयो ।

साठी भन्दा बढी चौरी गाई भएका सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजामका पेमा लामाले हिमपातले चौरी गाईलाई चर्न समस्या भएको बताउनुभयो ।चौरीलाई हिउँमा खेल्न निकाल्नु परि रहेको तर घाँस खाना समस्या भएको उहाँले बताउनुभयो । यो समस्या हुम्लाका किसानहरुले वर्षेनी रुपमा भोग्दै आउनुभएको छ ।

११६ वटा चौरी गाई भएको नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको लिमी गाउँमा रहेको चौरी श्रोत केन्द्रमा पनि हिमपातपछि चौरीलाई स्याहार गर्न समस्या भएको लिमी हल्जी गाउँका फुन्जोक लामाले तामाङले बताउनुभयो ।
लिमी झनै उच्च क्षेत्रमा रहेको कारण अन्य स्थानभन्दा लिमीमा बढी समस्या भएको उहाँले बताउनुभयो । चौरी ठुुलो आकारको हुने भएको कारण उसलाई आहार पुर्याउन कठिन भएको उहाँले बताउनुभयो । यसले यो समस्या वर्षेनी आउन तर समधानको कुनै उपाय नचालिए चौरी पालक किसानमा बितृष्ण जागृत हुन्छ भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो । हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकामा चौरी पालन ब्यबसाय हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?