logo
२०८१ असोज ९ बुधवार



सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

फिचर |
पढ्नै पर्ने |


सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु
सांकेतिक तस्बिर


अविनाश चौधरी
धनगढी, पुस २७ गते । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको गएराति मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका-३ का ८० वर्षका वृद्धको उपचारको क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पुस २० गतेदेखि ती वृद्धलाई सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । मृतकलाई कडा निमोनिया र स्वासप्रस्वासको समस्या थियो, अस्पतालका सूचना अधिकारी श्रेष्ठले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?