logo
२०८१ असोज ९ बुधवार

  कोभिड विशेष अस्पताल  



कोरोना जँचाउन मान्दैनन् स्थानीय, अस्पतालमा विरामी शुन्य

फिचर |
पढ्नै पर्ने |


कोरोना जँचाउन मान्दैनन् स्थानीय, अस्पतालमा विरामी शुन्य


प्रेमराज सिम्खडा
कालीकोट, माघ ११ गते । कालीकोटको सदरमुकाम मान्ममा बनेका एकिकृत नमुना भवनलाई प्रदेश सरकारले विशेष सुविधा सहित कोभिड विशेष अस्पताल बनाएको छ महिना भयो । पछिल्लो समय यस अस्पताल कोरोनाका बिरामी नहुँदा खाली भएको छ । गत पुसबाट कोभिड विशेष अस्पतालमा एक जना पनि बिरामी छैनन ।

कोभिड विशेष अस्पतालका इन्चार्ज दिपबहादुर रावलले बिरामी नभएका कारणले २० जना कर्मचारीलाई अन्यत्र काम गर्न पठाएको बताउनुभयो । उहाँले शुरुमा बिरामी आउछन भनेर प्रदेश सरकार र जिल्लाको गरी ४० जना भन्दा बढि स्वास्थ्यक्रर्मी खटाईएको थियो । तर अहिले बिरामी कोही पनि नहुँदा २० जनालाई अन्यत्र खटाएर अस्पतालमा २० जना मात्र रहेको रावलको भनाई छ ।

कालीकोटमा गत बैशाखमा एकै पटक २५ जना कोरोनाका बिरामी फेला परेका थिए । त्यही बेलादेखि भवनलाई कोरोनाका बिरामी राख्ने आईसोलेशनका रुपमा प्रयोग गदै आएपनि गत भदौमा मात्र प्रदेश सरकारले कोभिड अस्पतालको घोषणा गरेको थियो ।

कालीकोटमा हाल सम्म कोरोना सङ्क्रमित दुई सय ५० जना मात्र छन । उनिहरु सबै कोभिड विशेष अस्पतालमा आएनन । धेरै जसो स्थानीय तहले वनाएका क्यारेन्टाईनमा निको भएर घर गएका थिए । छ हजार ७०१ जनाको कोरोना परिक्षण गरिएकामा दुई सय ५० जनामा कोरोना सङक्रमण देखिएको थियो । सबै निको भएर घर गएको दुई महिना वितिसकेको छ । अहिले यस जिल्लाका नागरिकले कोरोना जँचाउन मान्दैनन ।

कोभिड अस्पतालका इन्चार्ज दिपवहादुर रावलले कुनै पनि नागरिकले कोरोना जचाउन नचाहेका कारणले अस्पताल खाली भएको वताउनुभयो । लक्षण सहितका बिरामी छन । तर कोरोना चेक गराउनु भन्दा मान्दैनन रावलले भन्नुभयो । रावलले बिरामी नहुदा घाम तापेर वस्नु परेको वताउनुभयो । वजारमा रहेकाले अरु बिरामीको पनि उपचार गर्ने अधिकार दिएको भए सहज हुने उहाँको तर्क छ । तर सरकारले अरु बिरामी केही भएमा जिल्ला अस्पतालमा मात्र उपचार गर्ने गरेका कारणले कोभिड बिषेश अस्पतालका स्वास्थ्यक्रर्मी काम बिहीन भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?