logo
२०८१ असोज ८ मंगलवार



फाइलिङ एङकरेज प्रविधिबाट भासिएको मुग्लिन नारायणगढ सडक निर्माण हुँदै

फिचर |
पढ्नै पर्ने |


फाइलिङ एङकरेज प्रविधिबाट भासिएको मुग्लिन नारायणगढ सडक निर्माण हुँदै


शालिग्राम नेपाल 
चितवन, फागुन ४ गते । चितवनको मुग्लिन नारायणगढ सडक भासिएर भत्केको ठाउँमा निर्माणको काम सुरु भएको छ ।
निर्माण पूरा भए लगतै मुग्लिन नारायणगढ सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएर साँघुरिएको थियो । आउँदो साउन महिनाभित्र निर्माण पूरा हुने गरी पुस महिनाको अन्तिममा ठेक्का सम्झौता भएको मुग्लिन नारायणगढ सडक खण्ड विस्तार आयोजनाका इन्जिनियर सविना रानाभाटले जानकारी दिनुभयो ।
सो सडकको त्रिशूली नदीतर्फ एङकरेज लगाएर सडक निर्माण गरिएको थियो । त्यो एङकर प्रविधि पुरानो भएको र सडकको भार थेग्न नसकेर भासिएपछि अहिले नयाँ प्रविधिबाट निर्माणको कार्य थालनी भएको इन्जिनियर रानाभाटले जानकारी दिनुभयो ।
रानाभाटका अनुसार हाइड्रोपावर र सुरुङ निर्माणमा प्रयोग गरिने फायलिङ र एङकरेज प्रविधिबाट भासिएको सडक निर्माण सुरु भएको छ । इन्जिनियर रानाभाटले भन्नु भयो ‘यो प्रविधि हाइड्रोपावरमा प्रयोग भएको छ, मुख्य राजमार्गमा भने पहिलो हो । यसमा तल जमिनको वेसबाट फलामका पाइमहरु गाडेर निर्माण सुरु हुन्छ । त्यसपछि माथि एङकरेज प्रविधि प्रयोग गरिन्छ ।’ स्थान अनुसार निर्माणका अन्य विधिहरु अपनाए समस्या नआउने गरी निर्माण सुरु भएको उहाँले जानकारी दिनुभयो । एक महिना अगाडिबाट काम सुरु भइसकेकाले अहिले तल वेसको कामले गती लिएको बताउनुभयो ।
यो निर्माणको जिम्मा बज्रगुरु रायामाझी निर्माण कम्पनीले पाएको छ । यस सडक खण्डमा ठूला पहाड र त्रिशूली नदी भएकाले निर्माणको लागि कठिन हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?