logo
२०८१ असोज ८ मंगलवार



फेसबुक अभियानबाट विद्यार्थीलाई न्यानो कपडा

फिचर |
पढ्नै पर्ने |
प्रदेश |


फेसबुक अभियानबाट विद्यार्थीलाई न्यानो कपडा


शिवकुमार काशी

हेटौँडा, फागुन ४ गते । सामाजिक सञ्जाल फेसबुकबाट अभियान सञ्चालन गरी मकवानपुरको विकट गाउँमा रहेको एक विद्यालयले आफ्ना विद्यार्थीलाई निःशुल्क न्यानो कपडाको व्यवस्था गरेको छ ।
राक्सिराङ गाउँपालिका वडा नं ९ खैराङस्थित बागेश्वरी निम्न माध्यमिक विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीका लागि न्यानो कपडाको व्यवस्था गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन मल्लले आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कपडा अभावमा कठ्याँग्रिदै पढ्नुपर्ने बाध्यता रहेको भन्दै फेसबुकमार्फत दुःख ब्यक्त व्यक्त गर्नुभएको थियो । विद्यार्थीले सहज रुपमा पढ्न पाउनुपर्ने विषयलाई नेपाल सरकार पूर्वसचिव भीम उपाध्यायले समेत फेसबुकबाट उक्त विद्यालयका विद्यार्थीका लागि सहयोगको आह्वान गरेपछि आर्थिक सहयोग जुटेको हो ।

कुल १ लाख ७५ हजार रुपियाँ रकम विद्यालयको खातामा संकलन भएपछि सबै विद्यार्थीका लागि ट्रयाक र ट्राउजरको व्यवस्थापन गरिएको अध्यक्ष मल्लले बताउनुभयो । ‘फेसबुकमा फोटो पोष्ट भएपछि देश विदेशबाट ६१ जनाले रकम सहयोग गर्नु भयो’, अध्यक्ष मल्लले भन्नुभयो–‘फेसबुकको सही सदुपयोग गरेर गरिब विद्यार्थीका लागि न्यानो कपडाको जोहो गर्न सफल भएका छौँ ।’ पोष्ट हेरेर अस्ट्रेलियका विकास भारतीले सबैभन्दा बढी १९ हजार रुपियाँ सहयोग गर्नुभएको थियो ।

विकट गाउँमा रहेको विद्यालयमा चेपाङ, तामाङ, ठकुरी तथा दलितको बसोबास छ । पूर्वपश्चिम राजमार्गबाट पैदल हिँडेर १० घण्टामा पुगिने खैराङमा अहिले सडक सञ्जाल बिस्तार भएसँगै शिक्षा, स्वास्थ्यजस्ता पूर्वाधारको विकास हुन थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?