logo
२०८१ असोज ८ मंगलवार



चार वर्षमा नौ चितुवा मरे : उपचार अभावले मर्छन् संरक्षित जंगली जनावर

फिचर |
पढ्नै पर्ने |


चार वर्षमा नौ चितुवा मरे : उपचार अभावले मर्छन् संरक्षित जंगली जनावर


नवीन शिशिर विक
बागलुङ, फाल्गुन ५ गते । विगत चार वर्ष यता बागलुङमा सत्र वटा संरक्षित जंगली जनावर मृत अवस्थामा फेला परेका छन् । डिभिजन वन कार्यालयका अनुसार मृत अवस्थामा फेला पर्ने सबैभन्दा बढी संरक्षित जनावर चितुवा छन् ।

चार वर्षको अवधिमा नौ वटा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द्र अधिकारीले जानकारी दिनुभयो । घाइते अवस्थामा फेला पर्ने चितुवा उपचार अभावले मर्ने गरेका छन् । तत्काल उपचारको कुनै व्यवस्था नहुँदा घाइते अवस्थामा भेटिने जनावरको मृत्यु हुने गरेकाे छ । जिल्लामा रहेको भेटेनरी अस्पतालले घरपालुवा जनावरको उपचार गर्ने तर जंगली जनावरको उपचारमा प्राविधिक नहुँदा गम्भीर घाइते चितुवाले उपचार नपाएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

वि.सं. २०७३ यता ध्वासे चितुवा एक, रतुवा पाँच, चितुवा आठ, वन बिरालो दुई र घोरल एक मृत अवस्थामा फेला परेका थिए । सामुदायिक तथा निजी वनको विस्तारले वासस्थानमा वृद्धि हुँदा वन्यजन्तुको संख्यामा वृद्धि भएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

निजी तथा आवादी जग्गामा रुख विरुवा तथा झाडी बढेकोले वन्यजन्तु मानव बस्तीतर्फ आकर्षित हुँदा मानव वन्यजन्तु द्वन्द्व बढ्न थालेको छ । जंगली जनावर मानव अवस्थामा पस्दा संरक्षणमा चुनौती थपिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

प्रदेश सरकार, स्थानीय तह तथा ब्यक्तिहरु वन्यजन्तु पालनतर्फ आकर्षित भएको तर विद्यमान नियम कानुनमा परिवर्तन नहुँदा समस्या भएको छ । बागलुङ नगरपालिकाको भकुण्डे, काठेखोला गाउँपालिकाको रेश, गलकोट नगरपालिकाको काडेवासको थालेपोखरा, पाण्डवखानीको रमुवा, ताराखोला गाउँपालिकाको ताराखोला, बरेङ गाउँपालिका, ढोरपाटन नगरपालिकाको बोबाङ, अधिकारीचौर, तमानखोला गाउँपालिकाको तमान र खुंखानी तथा जैमिनी नगरपालिकाको जैदी र छिस्ती वन्यजन्तु चोरी शिकारीमा संवेदनशिल क्षेत्र हुन । वन्यजन्तुका लागि महत्वपूर्ण स्थानको रुपमा नेपालको एक मात्र सिकार आरक्ष केन्द्र ढोरपाटन, घुम्टेको लेक, गाजाको दह, तारा, हिल, अर्गल, पाण्डवखानी हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?