logo
२०८१ असोज ८ मंगलवार



गाँउमा प्रदेश सरकारको उपस्थितिः कुलो बनेपछि सिँचाइमा सहज

फिचर |
पढ्नै पर्ने |


गाँउमा प्रदेश सरकारको उपस्थितिः कुलो बनेपछि सिँचाइमा सहज


शेरबहादुर सार्की
बाजुरा फागुन ९ गते । बाजुराको बूढीगङ्गा नगरपालिकाको वडा नं –१० सिगाडा गाउँस्थित किम्नेटी आलिपाटा घट्टेखोला सिँचाइ कुलो निर्माण हुने भएपछि याहाँका स्थानीयवासी निकै खुसी भएका छन् ।

प्रदेश सरकारको आर्थिक सहयोगबाट सिगाडा गाउँको किम्नेटीदेखि आलीपाटा हुँदै घट्टेखोलासम्मको झण्टै ७ सय मिटर लम्बाइ सिँचाइ कुलोे निर्माण हुन थालेपछि याहाँका स्थानीयवासी खुसी भएका हुन् ।
सिँचाइको अभावमा हिउँदेबाली उत्पादन राम्रो नहुँने र वर्खामा पनि समयमै खेती लगाउन नसक्ने समस्या भोग्दै आएका सिगाडा गाउँवासीका लागि किम्नेटी आलीपाटा हुँदै घट्टेखोला सिँचाइ कुलो निर्माण हुनेभएपछि सबै प्रकारको खेतीका लागि सहज भएको बूढीगङ्गा नगरपालिकाको –१० स्थानीय विष्णुराज जैशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, सिँचाइ सुविधा नहुँदा हिउँदे राम्रो उत्पादन हुँदैन थियो । यतीबेला त्यो ठाउँका लागि प्रदेश सरकारले सिँचाइ कुलो निर्माणमा वजेट विनियोजन गरिदिएपछि सबै प्रकारको बालीमा उत्पादनमा परिवर्तन आउने आश पलाएको छ ।
यस भन्दा पहिला सरकारी तथा गैरसरकारी निकायमा पनि सिगाडा गाउँवासीले सिँचाइ कुलोका लागि धेरै पहल चाल्दै आएको भएपनि यो समस्याको कही कतैबाट सुनुवाइ नभएपछि वर्खाको समयमा मात्र खेती गर्न सजिलो हुने र हिउँदे खेतीका लागि सधै सिँचाइको समस्या खेप्दै आउँनु परेकोले खेतीबाट राम्रो उत्पादन गर्न नसकोको जैशीले बताउनुभयो ।
गाउँमा भएको बाँझो जमिनलाई सदुपयोग गर्न तथा याहाँका किसानले परम्परादेखि लगाउँदै आएको अन्नबालीमा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले अहिलेको स्थानीय तथा प्रदेश सरकारले कृषि क्षेत्रमा पहिलो प्राथमिकता दिएको बूढीगङ्गा नगरपालिकाको –१० का वडा अध्यक्ष धर्मराज जैशीले बताउनुभयो ।
सिँचाइको व्यवस्था भएलगतै याहाँका किसानहरुले पहिलादेखि लगाउँदै आएको गहुँ तथा धानखेती गर्न छोडेर उक्त ठाउँमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने योजना बनाउन थालेको अध्यक्ष जैशीले बताउनुभयो ।
प्रदेश सरकारले १५ लाख रुपिँयाबाट निर्माण गरिएको किम्नेटी आलीपाटा हुँदै घट्टेखोला सम्मको झण्डै ७ सय मिटर लम्बाई सिँचाइ कुलोबाट दुइ सयभन्दा बढी घरधुरी लाभान्वित भएको किम्नेटी आलीपाटा हुँदै घट्टेखोला सिँचाइ कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो सिँचाइ कुलो निर्माण भएपछि याहाँ अधिकाशं किसानले बाँझो रहँदै आएको जमिनमा तरकारी खेती गर्ने तयारीमा छन् ।
अन्नवाली भन्दा तरकारी खेतीले याहाँका स्थानीयको जीविकोपार्जनमा निकै सहज हुने देखिएपछि उनीहरु अन्नवाली छोड्दै तरकारी खेती गर्ने योजनामा रहेका बुढाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?