logo
२०८१ असोज ८ मंगलवार



मुख्यमन्त्री राउतले गर्नुभयो सडकमा लडिरहेका घाइतेको उद्धार

फिचर |
पढ्नै पर्ने |


मुख्यमन्त्री राउतले गर्नुभयो सडकमा लडिरहेका घाइतेको उद्धार


जनार्जन खत्री
सर्लाही, फागुन २४ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सर्लाहीको रानिगन्जमा सोमवार मोटरसाइकल दुर्घटनामा परेर घाईते हुनुभएका चालकको उद्धार गर्नुभएको छ ।

मुख्यमन्त्री राउत सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१७, रानिगञ्जस्थित कालिन्जोर पुल नजिकै ना ४८ प १२९९ नम्वरको मोटरसाइकल पल्टिँदा चालक सडकमै लडिरहनु भएको थियो । मुख्यमन्त्री राउतले सो दृश्य देख्नासाथ आफ्नो स्कर्टिङमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीको गाडीलाई तत्कालै रोकेर घाईते मोटरसाइकल चालकलाई प्रहरीकै गाडीमा अस्पतालतर्फ पठाउनुभएको हो ।

मुख्यमन्त्री राउतले आफू स्कर्टिङ बिनै जाने र घाईतेलाई तत्कालै अस्पताल पु¥याउन निर्देशन दिएपछि स्कर्टिङमा खटिएको प्रहरी टोली घाईतेलाई लिएर फर्किएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दुर्घटनामा घाईते मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१७, रानिगन्जकै ३३ वर्षीय वीरध्वज मोक्तानको मोडेल अस्पताल, लालबन्दीमा उपचार चलिरहेको छ ।
यसअघि प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले आफ्नो यात्राका क्रममा रौतहटको जङ्गल र कर्णाली प्रदेशको भ्रमणमा जाँदा सुर्खेतमा सवारी दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?