logo
२०८१ असोज ८ मंगलवार



खरिदारको परीक्षा कार्यक्रम स्थगित

फिचर |
पढ्नै पर्ने |


खरिदारको परीक्षा कार्यक्रम स्थगित
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ९ गते । लोक सेवा आयोगले खरिदारको द्वितीय चरणको परीक्षण स्थगित गरेको छ । लोक सेवा आयोगले मंसिर २५ गते सूचना जारी गरी खरिदार पदको द्वितीय चरणको परीक्षा तालिका सार्बजनिक गरेको थियो ।
आयोगको परीक्षा तालिका बमोजिम बैशाख ६, २०७८ देखि बैशाख १० गतेसम्मका लागि द्वितीय चरणको परीक्षा निर्धारण गरिएको थियो । आयोगले जारी गरेको सूचनामा भनिएको छ, “रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षणा कार्यक्रम र सोही पदको मिति २०७८ बैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको द्वितीय चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ ।” यद्दपी आयोगले परीक्षा स्थगित हुनाको कारण उल्लेख गरेको छैन्।
आयोगको चैत्त ६ गते बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?