logo
२०८१ असोज ८ मंगलवार



चितवनका वनमा डढेलो, हवाइ उडानसमेत प्रभावित

फिचर |
पढ्नै पर्ने |


चितवनका वनमा डढेलो, हवाइ उडानसमेत प्रभावित


शालिग्राम नेपाल
चितवन, चैत ११ गते । चितवनका वनमा लागेको डडेलो नियन्त्रणमा लिन कठिनाइ भएको छ । जिल्लाको सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको हो ।

भरतपुरसँग जोडिएका सामुदायिक वनहमा आगलागी हुँदा पनि समयमै नियन्त्रणमा लिन कठिनाइ हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । भरतपुरसँगै जोडिएको रामवेल सामुदायिक वन, सतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडक खण्डको राष्ट्रिय वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको थियो। पहाडी क्षेत्रमा बाटो र बस्तीभन्दा धेरै पर आगो लाग्ने गरेकाले अहिलेकै अवस्थामा ती क्षेत्रमा आगलागी हुँदा नियन्त्रण सम्भवै नहुने सामुदायिक वनका प्रतिनिधिले जानकारी दिएका छ्न । गतवर्ष चितवनमा पाँच सय हेक्टर क्षेत्रफलमा आगलागी भएकोमा करिब एक सय हेक्टर क्षेत्रकोमात्रै समयमै नियन्त्रणमा लिन सकिएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले ९५२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको अलावा चितवनमा जिल्ला वन कार्यालय मातहतमा पनि ठूलो क्षेत्रफल वनले ढाकिएको छ। चितवनसँग पर्सा राष्ट्रिय निकुञ्ज र नवलपरासी क्षेत्रमा रहेको राष्ट्रिय वन पनि जोडिएका छन्। फागुनदेखि वैशाखसम्म यी क्षेत्रमा आगलागी निकै हुने गर्छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल घाँसका लागि मध्यवर्ती क्षेत्रको भर पर्नेहरुले पालुवाको लोभमा आगजनी गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार निकुञ्जले नियन्त्रित आगलागी गर्ने गरेको छ । झाडी फाड्न घाँसे मैदान निर्माण गर्नलाइ आगलागी गर्ने गरेको उहाले जानकारी दिनुभयो ।

हवाई उडान प्रभावित

वायु प्रदूषणकै कारण मंगलबार चितवनबाट कुन पनि उडान हुन सकेन । भरतपुर विमानस्थलमा मंगलबार १२ वटा उडान तालिका थियो । तर साँझसम्मै प्रदूषणको मात्रा उत्तिक रहेपछि उडान हुन नसकेको विमानस्थलले जनाएको छ । मंगलबार बुद्ध एयरको ८ वटा उडान हुने तालिका थियो । बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले भिजिविलिट कम भएपछि उडान हुन नसकेको बताउनु भयो । मंगलबार यतिको ४ वटा उडान थियो ।

बिहान केहीबेर उड्न सहज हुने वातावरण बने पनि अहिले पुनः भिजिविलिट कम भएर उडान हुन नसकेको बुद्ध एयरका प्रमुख बस्नेतले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?