logo
२०८१ असोज ८ मंगलवार



विदेशबाट म्याग्दी आए १० दिन अनिवार्य क्वारेन्टाइन

फिचर |
पढ्नै पर्ने |


विदेशबाट म्याग्दी आए १० दिन अनिवार्य क्वारेन्टाइन


अमृतप्रसाद पौडेल
बेनी, चैत १२ गते । कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि गृह मन्त्रालयले हाइअलर्ट राखेसँगै विदेशबाट आएर म्याग्दी जिल्ला प्रवेश गर्ने सबैलाई १० दिन क्वारेन्टाइन बस्ने नियम बनाइएको छ ।

विदेशबाट आएकाहरुमा कोरोनाको नयाँ भाइरसको संक्रमण र फैलावटलाई ध्यानमा राखेर १० दिन अनिवार्य क्वारेन्टाइन बस्नु र्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले सरकारी निकायले तोकेको तथा ब्यक्तिगत ब्यवस्थापन गरेपनि मापदण्डको पालना गर्ने गरी क्वारेन्टाइनमा बसेर लक्षण नदेखिएमात्रै घर जान पाउने नियम बिहीबार बिहान १२ बजेदेखि लागु भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको र सबै नागरिकलाइ हाल नियम पालना गर्नका लागि अनुरोध गरेका छौं सहायक प्रजिअ पन्तले भन्नुभयो ।

उत्तरी म्याग्दीको एक जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुमा कोभिडको संक्रमण देखिएपछि जिल्लामा सुरक्षा सतर्कता उच्च पारीएको हो । भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने मजदुर एवम् स्वदेशी नागरिकहरुलाई पनि १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएपछि पठाउने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्ने, बाहिर हिँड्दा मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टाइन, आइसोलेसन कक्षलाई चुस्त राख्ने, पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने, बेनी अस्पतालमा चेकजाँचलाई ब्यवस्थित तथा भौतिक दूरी कायम गर्ने, हरेक निजी तथा सार्वजनिक संघसंस्था बाहिर अनिवार्य साबुनपानीले हात धुने ब्यवस्था मिलाउने लगायतका निर्णय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?