logo
२०८१ असोज ७ सोमवार



बाजुरामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

फिचर |
प्रदेश |


बाजुरामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी


बाजुरा समाचारदाता
बाजुरा चैत १४ गते । विश्व व्यापीरुपमा फैलिइरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै बाजुरामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समयमा केन्द्रदेखि जिल्ला सम्म कोरोनाको सङ्क्रमण उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराले शुक्रवार राती १२ बजेबाट निषेधज्ञा गरेको हो ।

गृह मन्त्रालयको निर्देशन सुदूरपश्चिम प्रदेशको निर्देशनालयको विज्ञप्ति अनुसार बाजुरामा पनि निषेधज्ञा जारी गरीएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भारतका विभिन्न ठाउँमा कोरोना सङ्क्रमण फैलिएको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना  छ ।

सङ्क्रमण र रोकथाम नियन्त्रणका लागि नेपाल सरकार गृह मन्त्रालयको निर्देशन एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एवं सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट जारी भएको निर्देशन एव जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय समेतको आधारमा रही स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा सङ्क्रमण रोग ऐन २०२० दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी बाजुरामा शुक्रबार राती १२ बजेबाट निषेधाज्ञा  जारी गरीएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनुभयो ।

उहाँले भन्नुभयो, फागुपूर्णिमा होली लगायतका कुनै पनि मेला पर्व महोत्सवमा मानिसहरु भिडभाड गर्न नहुने र सार्वजनिक स्थलमा सामाजिक दूरी कायम तथा सुरक्षाका उपाय अपनाउनु पर्ने र सेमिनार गोष्टी गर्नु परेमा भर्चुअल माध्यमबाट गर्नको साथै अनिवार्य काम भएमा सामाजिक दूरी कायम राखेर मात्र बैठक गर्ने गरी निषेधाज्ञा गरीएको हो ।

यस आदेशमा भएका व्यवस्थालाई अवज्ञा गरेको पाइएमा सङ्क्रमण रोग ऐन २०२० को अनुसार कानुनी कारबाही गरीने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?