logo
२०८१ असोज ७ सोमवार



सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

फिचर |
पढ्नै पर्ने |


सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ


काठमाडौँ, चैत २२ गते । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिराहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उहाँ निर्वाचित हुनुभएको थियो । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो ।

निर्वाचन आयोगले उहाँ समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?