logo
२०८१ असोज ७ सोमवार

  जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठक  



उपत्यका प्रवेश गर्दा शंका लागेमा एन्टिजेन परीक्षण गर्नुपर्ने

फिचर |


उपत्यका प्रवेश गर्दा शंका लागेमा एन्टिजेन परीक्षण गर्नुपर्ने
फाईल तस्विर


गाेरखापत्र अनलाइन
काठमाडौं, चैत्र २३ गते । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले नाकामा एन्टिजेन परीक्षण गरिनुपर्ने भएको छ ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी  कालिप्रसाद पराजुलीले उपत्यका प्रवेश गर्ने सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्जेिन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने बताउनुभयो ।

तत्कालका लागि सवै यात्रुको हकमा एन्टिजेन परीक्षण अनिवार्य नगरिए पनि शंका लागेको व्यक्तिलाई परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको समेत उहाँले जाकारी दिनुभयो ।

कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम केही दिनदेखि सुरु गरिएको थियो । एक साता अघिदेखि ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम गरिरहेको उहाँले बताउनुभयो । कोरोनाको जोखिम बढिरहेकोले आगामी दिनमा अझ कोरोना संक्रमण भित्रन नदिन अझै कडाइका साथ काम अघि बढाउने समेत उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?