logo
२०८१ असोज ७ सोमवार



एउटै नर्सरीमा पचासी हजार स्याउ र ओखरका बिरुवा उत्पादन

फिचर |
पढ्नै पर्ने |


एउटै नर्सरीमा पचासी हजार स्याउ र ओखरका बिरुवा उत्पादन


राजन रावत
हुम्ला, चैत २४ गते । हुम्लामा एउटा फलफूल नर्सरीको फर्मले पचासी हजार फलफूलका बिरुवा उत्पादन गरेको छ । यसअघि जिल्ला बाहिरबाट खरिद गरेर ल्याउने गरिँदै आएकोमा हुम्लाका दुई जना युवा मिलेर फर्ममा फलफूलका बिरुवा उत्पालन सुरु गर्नुभएको हो ।

गतवर्ष स्थापना गरेको फलफुल नर्सरीमा पचासी हजार स्याउ र ओखरका बिरुवा उत्पादन भएको हिमाली अर्गानिक एग्रो फर्मका सञ्चालक सुन्दर रावतले बताउनुभयो । सधैँ जिल्ला बाहिरबाट फलफुल (स्याउ र ओखर)का बिरुवा खरिद गरेर ल्याउदा स्रोत बाहिर जाने तर जिल्ला बिरुवा उत्पादन गर्न सकिने देखिएपछि सिमकोट गाउँपालिका– ५ का दुई जना युवा रावत र डम्बर रावत मिलेर फर्म दर्ता गरि फलफूल नर्सरी स्थापना गरि बिरुवा उत्पादन गर्नुभएको हो । यस वर्ष उक्त नर्सरीमा असी हजार स्याउ र पाँच हजार ओखरका बिरुवा उत्पादन भएका छन् । यस वर्ष दुई हजार ग्राफ्टिङ नगरिएका बिरुवा बिक्री सुरु गरेको फर्मले अर्को वर्ष सबै बिरुवा बिक्री सुरु गर्ने उहाँले बताउनुभयो ।

ओखरको प्रति बोट सात सय र स्याउको पचहत्तर रुपियाँमा बिक्री गरिनेछ । अर्को सालका लागि अहिले नै फर्मलाई स्याउ तथा ओखरका बिरुवाको अर्डर आइसकेको पेशाले कृषि प्राविधिकसमेत रहनुभएका रावतले बताउनुभयो । दुई रोपनी जमिनमा फलफूलका बिरुवा फर्मले लगाएको छ । फर्मले दश रोपनी जग्गा लिजमा लिएर फलफूल नर्सरी र तरकारी खेती सुरु गरेको हो । तरकारी तथा कलमी नगरिएका बिरुवाबाट यसै वर्ष कमाइ सुरु गरेको फर्मले अर्को वर्ष मनग्य आम्दानी गर्न फर्म सफल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?