logo
२०८१ असोज ७ सोमवार



प्रहरीका ३६६ प्रहरी निरीक्षकको सरुवा, को–कहाँ (सूचीसहित)

फिचर |
प्रदेश |


प्रहरीका ३६६ प्रहरी निरीक्षकको सरुवा, को–कहाँ (सूचीसहित)


गाेरखापत्र अनलाइन

काठमाडौं, चैत २८ गते । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)  को सरुवा गरेको छ । शुक्रबार साँझ सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा  थिए । एक वर्षमा नियमित सरुवा गर्नुपर्ने भए पनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन ।

प्रहरी प्रधान कार्यालयको सूचीअनुसार महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ । काभ्रेको इलाका प्रहरी कार्यालय बनेपामा राजन कोइराला र जिल्ला ट्राफिक कार्यालय बनेपामा प्रमिला श्रेष्ठलाई सरुवा गरिएको छ । काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई पठाइएको छ ।

यसैगरी रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय बेलहियामा नवीन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा ज्ञानबहादुर माझी, सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा अनिलराज गिरी र पूर्वी नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोटमा लक्ष्मी पाण्डे खनाललाई पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?