logo
२०८१ असोज ७ सोमवार



हिल्सामा दुई फिट हिमपात, तापक्रम माइनसमा झर्याे

फिचर |
पढ्नै पर्ने |


हिल्सामा दुई फिट हिमपात, तापक्रम माइनसमा झर्याे


राजन रावत
हुम्ला, वैशाख ८ गते । नेपाल र चीनको सिमाना हिल्सामा मंगलबार रातीदेखि हिमपात भएको छ । हिमपात भएपछि तापक्रम माइनस पुगेर चिसो निक्कै बढेको हो ।

बुधबार राती एक बजेबाट सुरु भएको हिमपात अहिले पनि जारी रहेको हिल्साका होटेल व्यवसायी पाल्जोर लामाले बताउनुभयो । सुरुमा पानी भएको हिमपात भए पनि पछि हिउँ मात्र पर्न सुरु भएपछि हिल्साको जमिन सेताम्मे भएको उहाँले बताउनुभयो । हिल्सामा रहनुभएकी लामासँग चिनीयाँ सिममा सम्पर्क भएको हो ।

हिउ दुई फिटभन्दा बढी जमिनमा जमिसकेको र हिउँ पर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । हिल्सामा स्थानीय सात जना भएको र सबै घरभित्र आगो तापेर बसिरहेको उहाँले बताउनभयो । यता सीमा सुरक्षा चौकीमा (बीओपी) सशस्त्र प्रहरी नायब निरीक्षक टिकाराम थापाको नेतृत्वमा २२ जना सुरक्षाकर्मी बस्दै आउनुभएको छ । यो वर्षकै बढी हिमपात भएको कारण जनजीवन निक्कै प्रभाबित भएको उहाँले बताउनुभयो । यसअघि पटक पटक गरि तीन पटक हिमपात हुँदा यतिधेरै हिउँ नपरेको उहाँले बताउनुभयो ।

हिउँ परेपछि तापक्रम माइनस चार डिग्राीमा झरेको छ । केही वर्षयताकै पहिलो हिमपात भएको हो । पछिल्लो हिमपात हिल्सा मात्र नभई हुम्लाका तीन हजार पाँच सय मिटर अग्ला सबै स्थानमा जम्न थालेको सशस्त्र प्रहरी नायब निरीक्षक गजेन्द्र भण्डारीले बताउनुभयो । हिमपातपछि पनि हिल्सामा रहेको बीओपीसँग सम्पर्क भइरहेको उहाँले बताउनुभयो । यो हिमपात नाम्लाको पूरै क्षेत्र र सिमकोट गाउँपालिकाको केही भागमा परेको छ । सदरमुकाम सिमकोटदेखि तल भने वर्षा भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?