logo
२०८१ असोज ७ सोमवार



वीरगञ्जमा कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु

फिचर |
पढ्नै पर्ने |


वीरगञ्जमा कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु


दीपकप्रसाद गौतम
वीरगञ्ज, वैशाख ८ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत सर्लाही जिल्लाको मलंगवाका ४२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको छ ।
नारायणी अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार मंगलबार एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएका ती सर्लाही जिल्लाको मलंगवाका ४२ वर्षीय पुरुष सङ्क्रमितको उपचारको क्रममा बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । मृतकमा कडा खालको निमोनिया देखिएकाे उहाँले जानकारी दिनुभयो ।

नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार हाल ३२ जना संक्रमितहरु वीरगञ्जका बिभिन्न अस्पतालमा उपचाररत रहेका छन् त्यसमध्ये १० जना आईसियूमा उपचाररत छन् ।
कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगञ्जको नारायणी अस्पतालमा ५ जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ भने वीरगञ्जकै नारायणी वयोधा अस्पतालमा अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । यसरी कोरोनाको दोस्रो लहर शुरु भए यता पर्सामा उपचाररत ७ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । मृत्यु भएका ७ जनामा पर्साका ५ जना, बारा र सर्लाहका १/१ जना रहेका छन् भने यसको अतिरिक्त पर्साका एक जना सङ्क्रमितको चितवनमा उपचारको क्रममा ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?