logo
२०८१ असोज ७ सोमवार



कैलालीका थप एक कोरोना सङ्क्रमितको मृत्यु

फिचर |
पढ्नै पर्ने |


कैलालीका थप एक कोरोना सङ्क्रमितको मृत्यु


अविनाश चौधरी
धनगढी, वैशाख १२ गते । कैलालीका थप एक कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ का ६२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार विहान ज्यान गएको हो । स्वास्थ्यमा समस्या आएपछि वैशाख ८ गते अस्पतालमा भर्ना भएका ती पुरुषलाई ९ गते कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो ।
अत्यधिक स्वासप्रस्वास समस्या भएपछि अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जनाइएको छ । योसँगै कैलालीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
सो कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार हालसम्म धनगढी उपमहानगरपालिकाका १७, गोदावरी नगरपालिकाका १३, टीकापुर नगरपालिका, गौरीगङ्गा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका दुई/दुई जनाले ज्यान गुमाएका छन् । बाँकी नौ जना अरु जिल्लाका भएको जनाइएको छ ।
कोभिडबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार स्वास्थ्य मापदण्ड अपनाएर परिवारले आफ्नो धर्म संस्कृति अनुसार गर्न सक्ने नेपाल सरकारले निर्णय गरेको छ ।  त्यसो नभएमा शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ अनुसार नेपाली सेनाले शव व्यवस्थापन गर्ने जोशीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?